मिडिल ईस्ट तनावबीच भारतमा राहत

straitofhormuz-1774500300

दुई विशाल जहाजबाट ४६ लाख सिलिन्डर ग्यास भित्रिँदै

​नयाँ दिल्ली: मिडिल ईस्टमा बढ्दो तनाव र स्ट्रेट आँफ होर्मूज मा सिर्जित अवरोधका बीच भारतले आफ्नो देशमा एलपीजी ग्यासको अभाव हुन नदिन युद्धस्तरमा कदम चालेको छ। भारतमा भान्सा ग्यासको निरन्तर आपूर्ति सुनिश्चित गर्न दुईवटा विशाल ग्यास टैंकर समुद्री मार्ग हुँदै भारततर्फ आइपुगेका छन्।
​जसमध्ये एउटा जहाज भारतको बन्दरगाहमा अवतरण गरिसकेको छ भने अर्को सोमबारसम्म आइपुग्नेछ। यी दुवै जहाजबाट कुल ६६,४२७ मेट्रिक टन एलपीजी ग्यास भारत भित्रिँदै छ। यो परिमाणबाट देशका करिब ४६.७ लाख घरधुरीका लागि १४.२ केजीका सिलिन्डर भर्न सकिनेछ।
​एउटा कान्दला आइपुग्यो, अर्को मंगलौर आउँदै
रिपोर्टका अनुसार मार्शल आइल्याण्डको झण्डा अंकित ‘सिमी’ नामक जहाज करिब २०,००० टन एलपीजी बोकेर गुजरातको कान्दला पोर्टमा शनिबार राति नै डक भइसकेको छ। त्यस्तै, भियतनामको झण्डा रहेको ४६,४२७ टन क्षमताको अर्को ठूलो टैंकर ‘एनभी सनशाइन’ सोमबार (१८ मे) सम्म मंगलौर पोर्ट आइपुग्नेछ।
​एक दिनको देशव्यापी माग धान्ने
भारतमा दैनिक ५५ लाखभन्दा बढी सिलिन्डर होम डेलिभरी हुने गर्छ। यस हिसाबले यो नयाँ स्टकले भारतको झन्डै एक दिनको ग्यास मागलाई धान्नेछ।
​भारतीय पेट्रोलियम मन्त्रालयका अनुसार भू-राजनीतिक तनावका बाबजुद घरेलु एलपीजी आपूर्तिलाई प्राथमिकतामा राखिएको छ। भारतले अब खाडी मुलुकमा मात्र निर्भर नरहेर अमेरिका र युरोप जस्ता वैकल्पिक देशहरूबाट पनि एलपीजी आयात गरी आफ्नो आपूर्ति चक्र (सप्लाई चेन) लाई सुरक्षित बनाएको छ।

About Author

Advertisement