सिलगढीमा बढ्दो डेङ्गु संक्रमितहरूको संख्याले मानिसहरू चिन्तित

IMG_20221016_152535.png

सिलगढी: डेङ्गु संक्रमितहरूको संख्या सिलगढीमा निक्कै बढेर गएको छ। डेङ्गुले गर्दा केही मानिसहरूको मृत्यु समेत भइसकेको छ। डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगमका मेयर गौतम देव स्वयम् सडकमा ओर्लिएका छन्। तिनले डेङ्गु प्रभावित वार्डहरूको पनि निरीक्षण गरिरहेका छन्। आज मेयरले सिलगढीको ५ नम्बर वार्डको विभिन्न ठाउँमा गाई- गोरूहरू राख्ने ठाउँ (खटाल) को पनि निरीक्षण गर्नको साथै ती ठाउँहरूबाट गाई-गोरुहरू हटाएर सहरदेखि बाहिर अन्यत्र लैजाने कठोर निर्देश दिएका छन्। हाल सिलगढीको ५ नम्बर वार्डमा मानिसहरू डेङ्गुले सबैभन्दा अधिक प्रभावित छन्। यसैले गर्दा मेयरले लगातार उक्त नगर निगमको ५ नम्बर वार्डमा निरीक्षण गर्नको साथै तिनले स्वास्थ्य अधिकारीहरूसित पनि धेरैपल्ट उक्त वार्डको निरीक्षण गरिसकेका छन्। तर यसपल्ट तिनले गाई-गोरुहरू राख्ने ठाउँलाई नै हटाउने कठोर निर्देश दिएका छन्। निरीक्षण पछि मेयर गौतम देवले भने, बैठकमा लिएको निर्णय अनुसार ५ नम्बर वार्डको गाई-गोरुहरू राख्ने ठाउँलाई हटाएर सहरदेखि बाहिर लैजाने निर्देश दिएको छ। अर्कोतिर, गाई गोरू राख्ने ठाउँका मालिकहरूले यसको वैकल्पिक व्यवस्था गरिदिए गाई-गोरुहरू हटाउने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement