मन्त्री अरुप विश्वास सिलगढीमा

20-03-34-5afafc9d-896f-4d18-8b2f-342c174ddfba-1024x646.jpg

सिलगढी। आज मन्त्री अरुप विश्वास सिलगढी ट्रेनमार्फत एनजेपी स्टेशनमा ओर्लिए। तिनले आज सिलगढीमा पार्टीका नेताहरूसित एकाधिक बैठक गर्ने भएका छन्। एनजेपी स्टेशनमा ओर्लिएपछि पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री अरुप विश्वासले भने, तृणमूलले सिलगढी नगरनिगम बोर्ड गठन गरे झैं शहरवासीले आगामी महकुमा परिषद चुनाउमा तृणमूल कङ्ग्रेसलाई नै मतदान गरेर विजयी बनाउनेछ। ममता व्यानर्जीको विकासमूलक कार्यहरूसित शहरका मानिसहरू अवगत छन्। यसैले सिलगढीमा चौतर्फी विकासको लागि शहरवासीले तृणमूल कङ्ग्रेसलाई मतदान गरेर विजयी बनाउनेछ। तिनले अझ भने, दार्जीलिङ पहाडको जीटीए चुनाउमा तृणमूल कङ्ग्रेसले पनि लड्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement