सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसले नियम कानुन साथै पुजाको समय कुनै अप्रिय घटना नघटोस भनेर कठोर नजर राखिरहेको छन्। यस्तो बेला लागु पदार्थ ओसारपसार बढी हुने सम्भावना रहन्छ।यसैकारण पुलिस बलले दिनरात नभनी खट्ने गर्छन्। यसैक्रममा शनिवार राती सिलगढी मेट्रोपलिटन पुलिसको प्रधान नगर थाना पुलिसले जंक्सनस्थित तेञ्जिङ नर्गे बस स्ट्यान्डबाट दुई जना व्यक्तिलाई धेरै मात्रामा गाँजा सहित पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा उत्तर प्रदेश निवासी राजू सिंह र सोनू उर्फ प्रदीप सिंह सामेल छन्।

पुलिस सूत्र अनुसार, गत राति गाँजा लिएर राजू र सोनू तेञ्जिङ नर्गे बस स्ट्यान्डको बिहार बस स्ट्यान्ड नजिक बस पर्खिरहेका थिए। यसबारे पुलिसले खबर पाएपछि घटनास्थलमा पुगेर दुवैलाई पक्रिएर छानबिन गर्दा तिनीहरूको ब्यागबाट लगभग ३५ किलो गाँजा उद्धार गरेको छ। उद्धार गरेको गाँजाको बजार मूल्य लाखौ रूपियाँ रहेको बताइएको छ। यसपछि प्रधान नगर थानाले डेपुटी म्याजिस्ट्रेटको उपस्थितिमा कानूनी कार्वाही वाई गर्दै सोनू सिंह र राजू सिंहलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको छ। आज पक्रा पर्ने दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।