माल्दा: शनिबार साँझ मोथाबारी थाना क्षेत्रको शराफत टोलमा घटेको घटना हो। छिमेकको घरमा छानाको पानओ झरेको विषयमा मजदुरमाथी ईटाको प्रहार गरियो।यसमा दुइजना मजदुर गम्भिर रुपले घाइते भएका छन्। पारिवारिक स्रोत अनुसार घाइते हुनेमा ३५ वर्षीय समद शेख र ३७ वर्षीय अब्दुल वहाब रहेका छन्। उनको घर यही क्षेत्रमा छ। जानकारीका अनुसार दुवै जना बिहान सो क्षेत्रको एउटा घरमा काम गर्न गएका थिए। साँझ घरको छानाबाट पानी अनायास छिमेकीको घरमा परेको थियो। त्यसपछि छिमेकी मोजम्मेल शेखले ती मजदुरमाथि इँटा प्रहार गरेका थिए। रगत लतपतिएको अवस्थामा स्थानीयवासीले हतार हतार दुवैलाई स्थानीय स्वास्थ्य केन्द्रमा लगेका थिए। उनीहरुको अवस्था बिग्रँदै गएपछि चिकित्सकले दुवैलाई मालदा मेडिकल कलेज र अस्पतालमा रिफर गरेका थिए भने हाल उनीहरुको मालदा मेडिकल कलेज र अस्पतालमा उपचार भइरहेको छ।