सिलगढी: बिधायक निरज जिम्बा द्वारा बन्द चियाबारीहरुमा दसैं अनि दिपावालीको उपहार दिने क्रमलाई जारी राखेका छन्। यसै क्रममा उनको टोली वाई लामा, किशोर राई, सुवर्ण राईले बन्द चियाबारी धोत्रेमा पचास घर परिवारलाई उपहार स्वरुप लत्ताकपडा वितरण गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। २०१८ देखि बन्द रहेका धोत्रे चियाबारीमा त्यस क्षेत्रका बासिन्दाहरुले धेरै कठिनाइहरुको सामना गरिरहनु परेको धोत्रे चियाबारीका सब स्टाफ इन्दु राई जनाएका छन्। उनले यस्तो समयमा बिधायक निरज जिम्बा द्वारा पचास घर परिवारका बृद्ध, बालबालिका, युवा युवतीहरुलाई उपहार स्वरुप लत्ताकपडा वितरण गरिदिएकोमा धन्यवाद दिदै भने, यस क्षेत्रका चियाबारीका मानिसहरुले धेरै दुख भोगिरहेका छन् यति सहयोगले पनि धेरै राहत पुगेको हामीले अनुभव गरेका छौँ। इन्दु राईले स्थानीय वासिन्दाहरुको तर्फबाट पनि धन्यवाद दिदै बिधायक निरज जिम्बा अनि सांसद राजु बिष्टले एक पटक बन्द धोत्रे चियाबारीमा भ्रमण गरिदिने अपिल समेत गरेका छन् ।बन्द चियाबारीमा बिधायक निरज जिम्बाको सामाजिक सेवा अभियानलाई जारी राख्ने गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।