मन्त्री निशिथ प्रामाणिक द्वारा उद्घाटन
कूचबिहार: कूचबिहार नेहरू युवा केन्द्रको नेतृत्वमा, युवा महोत्सव – २०२२ कुचबिहारको रवीन्द्र भवनमा आयोजित गरियो। कार्यक्रमको उद्घाटन खेलकुद तथा युवा कल्याण राज्यमन्त्री निशिथ प्रामानिकले गरेका थिए। यस अवसरमा कूचबिहार उत्तर विधानसभा क्षेत्रका विधायक सुकुमार राई, कुचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन डे र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। युवा महोत्सव मार्फत विभिन्न प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए। मन्त्रीले उत्कृष्ट कलाकारहरुलाई सम्मान गरेका थिए।