सिलगढी: सिलगढीको ईस्टर्न बाइपास नजिकैको एक होटलमा इंडियन चैंबर ऑफ कॉमर्स(आईसीसी) को आयोजनमा उत्तर बंगालको घरजग्गा उद्योगको भविष्यलाई लिएर एक महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ।
यस सम्मेलनमा दार्जिलिङका सांसद राजु बिस्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। विशेष वक्ताका रूपमा प्रसिद्ध ज्योतिषी तथा वास्तु विशेषज्ञ डा. जय मादन उपस्थित थिइन्।
सम्मेलनमा घरजग्गा, वास्तुकला तथा वास्तुशास्त्र क्षेत्रका धेरै विशेषज्ञहरूले सहभागिता जनाउँदै उद्योगसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा विचार आदानप्रदान गरे। आधुनिक घरजग्गा क्षेत्रमा वास्तुशास्त्र विषयमा एक विशेष सत्र पनि आयोजना गरिएको थियो, जहाँ डा. जय मादनले आफ्ना अनुभव र विचार प्रस्तुत गरिन्।
“भारतको घरजग्गा क्षेत्रको भविष्य” विषयमा एक विशेष संवाद सत्रमा उद्योगका सम्भावना तथा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। डिजिटल युगमा घरजग्गा बजार व्यवस्थापनसम्बन्धी एक विशेष प्रशिक्षण सत्र यशस्वी श्रफले सञ्चालन गरेका थिए, भने प्रसिद्ध वास्तुकार बबी मुखर्जीले वास्तुकलाबारे नयाँ विचार प्रस्तुत गरे।
आयोजकहरूका अनुसार, यो सम्मेलनले उत्तर बंगालको घरजग्गा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्नेछ र उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।











