कोलकाता: राज्यमा डेंगुको बढ्दो मामलाहरूलाई लिएर राज्य सरकार सक्रियता अपनाएको छl मुख्य सचिव एचके द्विवेदीले शनिबार जिल्ला प्रशासनसँग भर्चुअल बैठक गरी जिल्लामा डेंगुको प्रकोपको समीक्षा गरेका छन्। जिल्लाहरूमा उत्तर २४ परगनाको स्थिति गम्भीर रहेको समाचार छ। पछिल्लो ९ दिनमा दमदम क्षेत्रमा डेंगुको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मीडिया रिपोर्टसअनुसार पूरै राज्यको सन्दर्भमा करिब ३१ हजार मानिसमा डेंगुको संक्रमण देखिएको स्रोतले जनाएको छ। यस वर्ष उत्तर २४ परगनाको अवस्था सबैभन्दा खराब भएको बताइएको छ। राजरहाट र देगंगामा सबैभन्दा धेरै मामलाहरू यहाँ रिपोर्ट गरिएको छ। यहाँ हावडा जिल्लाको अवस्था पनि कम खराब छैन। यहाँ करिब ३८६६ जनामा डेंगुको संक्रमण देखिएको छ संचारमध्यममा उल्लेख छ। यो हप्ता ८३८ नयाँ मामलाहरू फेला परेका छन्। कोलकाता तेस्रो नम्बरमा छ जहाँ ३४०६ जनामा डेंगुका बिरामी भेटिएका छन्। सरकारी स्तरबाट सर्वसाधारणलाई सचेत गराउने कार्य भइरहेको छ। डेंगुबाट बच्न आफैंले कसरी कदम चाल्नुपर्छ भनेर मानिसहरूलाई सुझावहरु दिने कार्य पनि भइरहेको छ।