झुण्डिएको अवस्थामा एक युवकको शव फेला, क्षेत्रमा सनसनी

IMG_20221016_134000.jpg

इटहार: इटहारको भद्रशिला पाल्पाडा क्षेत्रमा रहेको घरको ग्वालघरमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। आज बिहान घटना बाहिर आएपछि पुरै इलाकामा हलचल मच्चिएको छ। मृतकको नाम दीनबन्धु पाल रहेको छ। उनी पेशाले कार चालक थिए। घटनाको जानकारी पाएलगत्तै इटहार प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर व्यक्तिलाई उद्दार गरी इटहर ग्रामीण अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रायगञ्जमा राखेर घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement