ला लीगाः एट्लेटिको म्याड्रिड र सेविलेको रोमाञ्चक जीत

photocollage_2022101613851445.jpg

१६ अक्टोबरः एट्लेटिको म्याड्रिड र सेविलेले स्पेनिश ला लीगा फूटबलमा चरम रोमाञ्चक जीत हासिल गऱ्यो। एट्लेटिको म्याड्रिडले शनिवार राति खेलिएको म्याचमा एथलेटिक क्लब बिल्बाओ विरुद्ध १-०-ले जसोतसो जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६१ प्रतिशत पोजेशनको साथ खेल्दै एथलेटिक क्लबले एट्लेटिको म्याड्रिडलाई शुरुदेखि नै चेपारोमा पाऱ्यो। लगातार दबाउ सृष्टि गरे पनि होम टीमले गोल गर्न सकेन। यसको विपरीत सीमित मौका हासिल गर्ने एट्लेटिको म्याड्रिडलाई अनुभवी एण्टोनी ग्रीजम्यानले ४७औं मिनटमा छिराएको गोलले जीत दिलायो। यस असाधारण जीतको साथ एट्लेटिको म्याड्रिड ९ वटा म्याचमा १९ पोइण्टको साथ ला लीगा टेबलको तेस्रो स्थानमा पुग्यो। चौथो स्थानमा रहने एथलेटिक क्लबसँग १७ पोइण्ट रहेको छ।
सेविलेले पनि मालोर्का विरुद्ध १-०-ले जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने सेविलेबाट नेमाञ्जा गुडेल्जले ५३औं मिनटमा गोल गरे। यस म्याचपछि यी दुई टीमको ९-९ वटा म्याचमा ९-९ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा मालोर्का १२औं र सेविले १३औं स्थानमा रहन पुग्यो। शनिवार राति खेलिएको ला लीगाका अन्य सबै म्याचहरू ड्र रह्यो। रायो भालेकानो र गेटाफेबीच खेलिएको म्याच ०-०-ले, गिरोना र काडिजबीच खेलिएको म्याच १-१-ले अनि भेलेन्सिया र एल्चेबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

About Author

Advertisement