१६ अक्टोबरः टोटनह्याम हट्स्परले अझ एउटा जीतको साथ ईंग्लिश प्रीमियर लीगको शीर्ष तीनमा स्थान दह्रिलो बनायो। शनिवार राति खेलिएको म्याचमा टोटनह्यामले एभर्टनलाई २-०-ले पराजित गऱ्यो। होम ग्राउण्ड टोटनह्याम हट्स्पर स्टेडियममा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट ह्यारी केनले ५९औं मिनटमा पेनल्टीबाट पहिलो गोल गरे। यसरी नै पिएर-एमिल होजबर्गले ८६औं मिनटमा अझ एक गोल थपे। यस जीतपछि टोटनह्याम १० वटा म्याचमा २३ पोइण्टको साथ प्रीमियर लीग टेबलको तेस्रो स्थानमा कायम रह्यो। एउटा म्याच कम्ती खेलेर गोल अन्तरको आधारमा म्यानचेष्टर सिटी अहिले २३ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। यसबीच एभर्टन चाहिँ १० पोइण्टको साथ १४औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा वूल्भ्सले नटिंघम फरेष्टलाई १-०-ले अनि ब्रेण्टफोर्डले ब्राइटनलाई २-०-ले पराजित गऱ्यो। यसरी नै लिस्टर सिटी र क्रिस्टल प्यालेसबीचको म्याच ०-०-ले तथा फूलह्याम र बोर्नमाउथबीचको म्याच २-२-ले ड्र रह्यो।