घुस दिने आरोपमा पञ्जाबका पूर्वमन्त्री सुन्दर शाम अरोरा पक्राउ

पञ्जाबका पूर्वमन्त्री सुन्दर शाम अरोरा l फाइल फोटो

चण्डीगढ: भिजिलेन्स ब्यूरोले पञ्जाबका पूर्वमन्त्री सुन्दर शाम अरोरालाई एआईजी मनमोहन कुमारलाई ५० लाख घुस दिएको आरोपमा पक्राउ गरेको छ। सतर्कता अनुसन्धानका क्रममा उनीमाथि कारबाही गरिएको हो। पञ्जाब भिजिलेन्स ब्यूरोले भन्यो कि पूर्व मन्त्रीविरुद्ध भ्रष्टाचार रोकथाम ऐनअन्तर्गत एफआईआर दर्ता गरिएको छ र आरोपीबाट ५० लाख रुपियाँ घुस रकम बरामद गरिएको छ। भिजिलेन्स ब्यूरो पञ्जाबका प्रमुख निर्देशक वी कुमारले संचारमाध्यमको बयानमा भने, ‘हाम्रो टोलीले सुन्दर शाम अरोरालाई घुस दिँदै रंगेहात पक्राउ गर्‍यो र धारा ८ (भ्रष्टाचार रोकथाम ऐन) अन्तर्गत पक्राउ गरियो, ५० लाख घुससमेत बरामद भएको छ। आरोपित पूर्वमन्त्रीलाई आज अदालतमा पेश गरी सोधपुछका लागि हिरासतमा लिनेछौँl’

भिजिलेन्स ब्यूरोका प्रमुख निर्देशक वरिन्दर कुमारले भने, ‘एआईजी मनमोहन कुमारले १४ अक्टोबरमा पूर्वमन्त्री एसएस अरोरालाई भेटेर आफ्नोविरुद्ध दर्ता भएको सतर्कता अनुसन्धानमा पक्षपात गरेको भन्दै गुनासो गरेका थिए। पूर्वमन्त्रीले भोलिपल्ट १५ अक्टोबरमा ५० लाख रुपियाँ र बाँकी रकम पछि तिर्ने प्रस्ताव राखेका थिए। उनी ५० लाख रुपियाँ अग्रिम लिएर मोहाली पुगेका थिएl’ उनलाई जिरकपुरको कसमोल मलबाट पक्राउ गरिएको हो। पक्राउपछि भिजिलेन्स ब्यूरोको टोली शनिबार राति करिब ११ बजे उनको होशियारपुरस्थित घर पुगेर २:३० घण्टा खोजी गरेको थियो। पञ्जाबको अघिल्लो कांग्रेस सरकारमा मन्त्री रहेका साधु सिंह धर्मसात र भरत भूषण आशुलगायत धेरै नेताहरु भ्रष्टाचारको आरोपमा पक्रा परेका छन्। धेरै पूर्वमन्त्रीहरु भिजिलेन्सको राडारमा रहेको बताइएको  । पञ्जाबका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहसँगै सुन्दर शाम अरोरा केही समयअघि भाजपामा प्रवेश गरेका थिए। क्याप्टेनले आफ्नो पार्टी पञ्जाब लोक कांग्रेसलाई भाजपामा विलय गरेका छन्। वास्तवमा मनमोहन कुमार हरियाणाको होशियारपुर शहरका बासिन्दा हुन्। मनमोहन कुमार स्थानीय भएकाले एसएस अरोरा उनीसँग परिचित छन्। यसका लागि पूर्वमन्त्रीले मनमोहनसँग सम्पर्क गरे। अरोराले १४ अक्टोबरमा मनमोहन कुमारलाई चण्डीगढमा भेटेका थिए। यस क्रममा उनले एक करोड रुपियाँ बराबरको मुद्दालाई टुंग्याउन प्रस्ताव गरे। काम सकिएपछि पचास लाख अग्रिम र पचास लाख दिने कुरा भएको थियो।

एसएस अरोराको प्रस्थान पछि, मनमोहन कुमारले मुख्य भिजिलेन्सलाई सबै जानकारी दिए। त्यसपछि लिखित उजुरी परेको थियो। त्यसपछि योजनाअनुसार सुन्दर शाम अरोरालाई शनिबार जिरकपुर बोलाइयो। शनिबार साँझ एआईजी मनमोहन कुमारलाई फोन गर्दै एसएस अरोराले म घुस लिएर आएको बताए। डीजीपी अजय कपिलाले टोली बनाएर कारबाही गरेका हुन्। पूरै कमाण्ड मनमोहन कुमार आफैले लिएका थिए र अरोराले ५० लाख घुस दिएपछि भिजिलेन्स टोलीले उनलाई पक्राउ गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement