कालचिनी। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको ३० औँ बार्षिक साधारण सभा आज सङ्घको केन्द्रिय कार्यालय जयगाउँमा सङ्घको अध्यक्ष महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोको अध्यक्षतामा सम्पन्न भएको जानकारी सङ्घको नवनिर्वाचित महासचिव आचार्य साङ्गे छोपेलले दिएका छन्।
आज सङ्घको ३०औँ बार्षिक साधारण सभामा सङ्घको केन्द्रिय अध्यक्ष महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोद्वारा बार्षिक साधारण सभामा उपस्थित प्रतिनिधि उपासक उपासिकाहरूलाई स्वागत गर्दै सभाको विषय वस्तुमाथि विस्तृत चर्चा गरेपछि पूर्व महासचिव अर्जुन स्याङबोद्वारा आफ्नो ६ बर्षसम्म सङ्घको क्रियाकलापको अनुभव प्रतिवेदनलाई प्रस्तुत गरिएको थियो।

यसैगरी सङ्घको कोषाध्यआ बिधान लामाले सङ्घको आयव्ययको फाँटवारी प्रस्तुत गरेका थिए भने त्यसपछि सङ्घको भावी कार्यक्रमहरूको चर्चा गर्ने क्रममा आगामी बार्षिक म्हाणी छ्योगा पूजा गङ्गुटिया चियाबारीमा, बार्षिक सोजोङ न्युङ्ने उपषोध अधिवेशन सेन्ट्रल डुवर्स चियाबारीमा र आउँदो २०२३ को फ़रवरीमा ५ दिवसीय म्हाणी दुङसुर पूजा बोधगयामा सम्पन्न हुने जानकारी पनि दिएको थियो।
त्यसपश्चात पुरानो कमिटीलाई विघटन गर्दै नयाँ कमिटीको घोषणा गर्ने क्रममा सङ्घको महासचिव पदभार सर्वसम्मतीले आचार्य साङ्गे छोपेललाई प्रदान गरिएको थियो भने क्रमैले सङ्घको अध्यक्षमा पुजनीय महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोलाई विराजमान गराउँदै उपाध्याक्षमा ७ जना, सहसचिवहरू ७ जना, मुख्य संरक्षकमा बुद्ध योञ्जन, कोषाध्याक्षमा लामा साङ्गे थिन्ले र नामग्याल मोक्तान, कार्यालय सचिव ३ जना, मिडिया सचिवमा दुईजना किरण पाखरीन मङ्पु र प्रेम लामा कालचिनी, मुख्य सल्लाहकारमा लामा पासाङ दलमोर, सल्लाहकार तथा संयोजकमा अजय सुब्बा बोधगया, बोर्ड अफ डाइरेक्टरमा ४ जना क्रमैले गोपाल मोक्तान राईमाटाङ, रुलु लामा डिमा, जङ्गबीर बम्जन मेचपाड़ा ८ नम्बर र लिला लामा दलसिंहपाड़ा र केन्द्रिय कमिटीको संयोजकमा विभिन्न राज्यबाट ७ जना र विदेश संयोजकमा लामा साङ्गे योन्तेन जयगाउँ र लामा दोन्डुप सिक्किम एवम् कानुनी सल्लाहकारमा प्रदीप लामा गङ्गुटिया गरी प्रायः ३० भन्दा अधिक कार्यकारिणी सदस्यहरूको चयन विभिन्न प्रान्त औ शाखाहरूबाट गरिएको थियो।
सभाको अन्तमा अध्यक्ष महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य साङ्गे ल्हुडोले धन्यवाद ज्ञापन गर्दै टाँशी मोलम पश्चात अखिल भारतीय महायाण बौद्ध म्हाणीपा सङ्घको नवनिर्वाचित पदाधिकारिहरू सबैलाई शुभकामना दिँदै सभाको समाप्ति घोषणा गरेको थियो।