कुचबिहारमा बीजेपी कार्यकर्ताको घरमा हमला, तृणमूलमाथि आरोप

IMG_20221016_101720.jpg

कुचबिहार: दिनहाटाको ग्राम पंचायत क्षेत्र पुटीमारी, डोलन नम्बरमा रातको अँध्यारोमा भाजपा कार्यकर्ता शबाना खातुनको घरमा आक्रमणको सनसनीपूर्ण घटना बाहिर आएको छ। घटनाको पछाडि सत्तारुढ तृणमूल कांग्रेसको हात रहेको आरोप लगाइएको छ। यहाँ गएराति भएको घटनापछि पुरै इलाकामा हलचल मच्चिएको छ। बीजेपीले आरोप लगाएको छ कि तृणमूल समर्थित बदमाशहरूले रातको अँध्यारोमा शबाना खातुनको घरमा आक्रमण गरेको थियो। लुटेराले घरमा राखेका सुनका गहना लुटपाट गरेका छन्। तृणमूलले यी आरोपहरूलाई कडा रूपमा अस्वीकार गरेको छ। घटनाको निन्दा गर्दै तृणमूल नेताले भने कि यस घटनामा पार्टी कुनै पनि हिसाबले संलग्न छैन। यो समाज विरोधी तत्वहरुको काम हो। घटना लगत्तै दिनहाटा प्रहरी चौकी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement