१५ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। पहिलो म्याचमा वाईएससी रांगभांगले नोभिस एफसी-लाई पेनल्टी शूट-आउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसरी नै दोस्रो म्याचमा वी एफसी, दार्जीलिङले बीएमसीसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रोजाबेला गुरुङले २ अनि सोशना राईले 1 गोल गरिन्। यसरी नै बीएमसीसी-बाट स्नेहा राई र अकांक्षा राईले १-१ गोल गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको अघिल्लो म्याच शनिवार खेलिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।