दिपावली कपः एसएनजेएस थाम फाइनलमा

IMG-20221015-WA0354.jpg

१५ अक्टोबरः शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित कृष्णा कुमार राई स्मारक नक्-आउट फुटबल टुनामेण्ट (दिपावली कप) २०२२-मा एसएनजेएस थामले फाइनलमा स्थान बनायो। शेल्पु पञ्चवत्ती खेल मैदानमा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा एसएनजेएस थामले घलेटार भेटरन्सलाई २-१ पराजित गऱ्यो। म्याचमा रेफरीको भूमिकामा अमित भुजेल थिए भने एसिस्टेण्ट रेफरीको रूपमा आदित्य राई र अरमान मुखिया थिए। गोल जजको भूमिकामा अम्बर राई र सुशन खवास थिए। फोर्थ अफिसियल मनन राई थिए। अब आइतवार खेलिने दोस्रो सेमिफाइनलमा कालीझोड़ा ड्राइवर्स एसोसिएशन र यूटीएससी थाममाझ भिड़न्त हुनेछ।

यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल आगामी २३ अक्टोबरमा हुने जानकारी आयोजक शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीका सभापति बिजय खवासले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement