सिलगढी– सिलगढी जलपाइगढी राष्ट्रिय राजमार्गमा सिलगढी सहरको छेउमा रहेको फुलबारीको जियागञ्ज क्षेत्रमा ग्यास ट्याङ्कर र एउटा सानो चारपाङ्ग्रे सवारीसाधन एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन्।
घटना शनिबार साँझको हो, भनिएको छ कि सिलगढीबाट जलपाइगढी जाँदै गरेको एउटा सानो चारपाङ्ग्रे गाडी जलपाइगढीबाट आउँदै गरेको ट्याङ्करसँग ठोक्किएको थियो । घटनापछि घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ । ट्याङ्कर चालक भने भागेका छन् ।