गोरुबथान: गोरुबथानको साहित्यिक फाँटमा साहित्यको संरक्षण,भाषाको संवर्द्धन गर्न युवाहरुको जमातले एकबद्ध भइ एउटा संस्थाको शुरुवात गरे।त्यही संस्थालाई युवा साहित्य संघको नामकरण पनि गरे। आज गोरुबथान माल बस्ती यु सि एन आइ चर्चको मटीप्रपोज हलमा एक भव्य कार्यक्रमबीच यस संस्थाको अनावरण गरियो। युवा साहित्य सङ्घ गोरुबथान अनावरण कार्यक्रमको दिवसीय सभापतिको आसनमा गोरुबथान सरकारी महाविद्यालयका नेपाली विभागका प्राध्यापक अमृत शर्मा थिए।यसै गरी गोरुबथान क्षेत्रका वयोवृद्ध साहित्यकार द्वय विलियम फिपन सोल्टी र गोबिन परियार मुख्य अतिथी रहेका थिए।

विशिष्ट अतिथिमा सुरेश चौधरी, कुन्दन प्रधान रहेका थिए। शीतल थापा र आकाशदीप राईद्वारा सन्चालित कार्यक्रममा स्वागत भाषण सल्लाहकार तथा कवि महेश्वर प्रधानले राखेका थिए।युवा साहित्य संघको औचित्यबारे संघका उप सभापति प्रणेश थापाले दिएका थिए। यसैगरी सह सचिव प्रकाश लिम्बुले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा स्वागत नृत्य गोरुबथान सरकारी महाविद्यालयका छात्राद्वारा राखिएको थियो भने युद्धवीर उच्चतर माध्यमिक विद्यालयको विद्यार्थीद्वयले मीठो नेपाली गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा गोरुबथानका वयोवृद्ध साहित्यकारद्वय विलियम फिपन सोल्टी र गोबिन परियार लाई संघको तर्फबाट मायाको चिनो प्रदान गरि सम्मान जनाइयो।

कविता वाचनको क्रममा कवि सुमन राई, महेश्वर प्रधान, शीतल थापा, प्रकाश लिम्बु तथा अन्य हरु थिए। अतिथीद्वयले पनि नवगठित संघलाई बधाई र शुभकामना टक्राए। युवाहरुले भाषा र साहित्यलाई जोगाएर लैजान पर्ने सुझाव दिए। अन्तमा कार्यक्रमको दिवसीय सभापति अमृत शर्माले पनि आफ्नो दुइ शब्द राख्दै कार्यक्रम समाप्तिको घोषणा गरे।