गेजिङ। कृषि विज्ञान केन्द्र गेजिङमा दुई दिवसीय कौशल विकास कार्यक्रम सम्पन्न भयो। १२ अनि १३ अक्टोबरको दिन आयोजित कार्यक्रममा जैविक कीटनाशक, जैविक मल र वृहत रूपमा म्याक्रोबियलको उत्पादन विषयबारे आयोजित कार्यक्रममा टीआरए, एनबीआरआर एण्ड डीसी नगरकटा अनि सीपीजीएसएएस एण्ड सीएयु इम्फाल, मेघालय अनि आईसीएआर बंगलोरको सहयोग रहेको थियो। कार्यक्रममा सम्बन्धित विभाग, एफपीओका सदस्यहरू, प्रगतिशील कृषकहरू गरेर ४० जनाले सहभागिता जनाएका थिए। इम्फालका डा. पी. दत्त, आईसीएआर बंगलोरका वैज्ञानिक डा. ऋचा भर्सने, नगरकट्टा टीआरएका वरिष्ठ वैज्ञानिक डा. एके पाण्डे, प्रोफेसर डी. ठाकुरिया आदि कार्यक्रममा शोधवक्ताको रूपमा रहेका थिए।

कार्यक्रममा उनीहरूलाई ट्राइकोडर्मा, स्यूडोमोनास आदि कीटविकारबारे व्यक्तिगत प्रशिक्षण दिइयो। यसरी नै जीवाणु निरोधक, बीऊ प्रशोधनको लागि निलम्बनको तयारी, माटो प्रयोग, पातको स्प्रे, खेतमा प्रयोग गर्ने विधि, प्याकेजिङ, अनुगमन र जैविक विषादी र जैविक मलहरूको गुणस्तर नियन्त्रण आदिबारे पनि प्रशिक्षण दिइयो।