असममा नवगठित सरकारको शपथ ग्रहण समारोहमा सहभागी भए मुख्यमन्त्री

FB_IMG_1778596189046

‎‎गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ असममा नवगठित भारतीय जनता पार्टी नेतृत्वको सरकारको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। उनले असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा तथा शपथ लिएका मन्त्रिपरिषद्का सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री गोलेले प्रधानमन्त्री नरेन्द्र मोदीको गरिमामय उपस्थितिमा सम्पन्न उक्त समारोहलाई ऐतिहासिक अवसरको रूपमा वर्णन गरेका छन्। उनले असममा नयाँ सरकार गठनसँगै विकास, सुशासन र प्रगतिका नयाँ यात्राको सुरुआत भएको बताएका छन्।उनले नयाँ सरकारलाई शान्ति, समृद्धि, सशक्तीकरण तथा समावेशी विकासलाई अझ मजबुत बनाउन सफलताको शुभकामना दिएका छन्। साथै, असमका जनताको हितमा सरकारले प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement