सिविटार क्षेत्रमा बिजय जुलुस आयोजना

IMG-20260511-WA0080

खरसाङ: विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिबाट भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामालाई जिताएकोमा गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार गिताङ्गे खण्ड समितिद्वारा आफ्नो क्षेत्रको जनतालाई धन्यवाद दिदै बिजय जुलूस निकालेको छ। उक्त बिजय जुलूस सिविटारको आहाल गैरीदेखि शुरु भएर सिविटार चियाबारीको विभिन्न स्थानहरु हुँदै बाघमारा बस्तीसम्म आयोजना गरिएको थियो।‌ यस बिजय जुलुसमा गोर्खा जनमुक्ति मोर्चा र भारतीय जनता पार्टी र गठबन्धन दलका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

उक्त बिजय जुलूसमा खरसाङ महकुमा युवा मोर्चा अध्यक्ष सत्यवान छेत्री, तीनधारे महानदी समिष्ट युवा मोर्चा अध्यक्ष मनोज थापाको विशेष उपस्थिति रहेको थियो। बिजय जुलुसमा विधानसभा चुनावमा बिजय हासिल गरेको अवसरमा खुशी मनाउनुको साथै स्थानीय जनतालाई धन्यवाद पनि दिइएको छ।

About Author

Advertisement