गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर गत ११ अक्टोबरदेखि नामाङकन पत्र बुझाउने प्रक्रिया शुरू भएको छ। आज नामाङकन पत्र बुझाउने चौथो दिन गान्तोक जिल्लाबाट कूल ११२ जनाले नामाङकन पत्र गान्तोक जिल्लाका रिटर्निङ अधिकारी समक्ष बुझाएका छन्। आज बुझाएका ११२ जना मध्ये १५ जनाले जिल्ला पञ्चायतको निम्ति नामाङकन पत्र भरेका छन् भने रहलले वार्ड पञ्चायतको निम्ति बुझाएका हुन्। यसै क्रममा मंगन जिल्लाबाट कूल ५९ जनाले आज नामाङकन पत्र बुझाएको सूचना एवम जनसम्पर्क विभागद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ। आज बुझाएका ५९ वटा नामाङकन पत्र मध्ये १४ जनाको जिल्ला पञ्चायतको निम्ति रहेको छ भने ४५ जनाले वार्ड पञ्चायतको निम्ति फारम भरेका छन्। उनीहरूले आज मंगन जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी डा. एबी कार्की, सह रिटर्निङ अधिकारीसमक्ष आफ्नो नामाङकन पत्र बुझाएका हुन्।

सोही प्रकारले नाम्ची जिल्लाबाट कूल १६९ जनाले नामाङकन पत्र बुझाएका छन् जस मध्ये ३४ जनाले जिल्ला पञ्चायत र रहलले वार्ड पञ्चायतको निम्ति बुझाएका हुन्। यसरी नै सोरेङ जिल्लाबाट कूल १२९ जनाले आज सोरेङ जिल्लाका रिटर्निङ अधिकारी समक्ष नामाङकन पत्र बुझाएको बताइएको छ। आज बुझाइएको १२९ वटा नामाङकन पत्र मध्ये २१ जनाले जिल्ला पञ्चायत र १०८ जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र भरेका छन्।