मणिपुर: बेंगलुरुको आईआईएम क्याम्पसमा मणिपुरकी युवतीमाथि शारीरिक आक्रमण र उत्पीडनको आरोप

IMG-20260511-WA0073

इम्फाल: मणिपुरकी २३ वर्षीया एक युवतीले बेंगलुरुको भारतीय व्यवस्थापन संस्थान (आईआईएम–बी) क्याम्पसमा आफ्ना रोजगारदाताबाट लामो समयदेखि शारीरिक आक्रमण, उत्पीडन र नियन्त्रणमा राखिएको आरोप लगाएकी छिन्। यस सम्बन्धमा पुलिसमा उजुरी दर्ता भएपछि एफआईआर समेत दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।
उनी करिब ६ वर्षदेखि त्यहीँ बाल हेरचाहकर्ताको रूपमा काम गर्दै बस्दै आएकी थिइन्। उजुरीअनुसार, रोजगारदाता अमर र अंशु नामका व्यक्तिले उनलाई पर्याप्त खाना नदिने, बिरामी हुँदा समेत कुटपिट गर्ने तथा बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए।
उनले थप आरोप लगाएकी छिन् कि आफ्नो मोबाइल फोन खोसिएको, सन्देशहरू निगरानी गरिएको र बाहिरी व्यक्तिसँग सम्पर्क गर्न वा स्वतन्त्र रूपमा बाहिर जानबाट रोक लगाइएको बताए ।
उनका अनुसार, पछिल्लो घटना अप्रिल १५ मा राति करिब २:३० बजे भएको थियो, जसमा कपाल तानेर कुटपिट गरिएको थियो। लगातार दुर्व्यवहार भए पनि डरका कारण उनी लामो समयसम्म मौन बसेकी थिइन्।
मे ४ मा उनले खाना समेत नपाएपछि छिमेकीको सहयोगमा आफ्नी काकीसँग सम्पर्क गरेकी थिइन्। त्यसपछि पुलिसमा उजुरी दर्ता भएको हो।
माइको लेआउट पुलिस चौकीले मे ६ मा भारतीय न्याय संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। पुलिसका अनुसार घटनाबारे विस्तृत छानबिन भइरहेको छ।

About Author

Advertisement