भारी मात्रामा ड्रग्स सहित युवक पक्राउ

5079.jpg

गान्तोक: रानीपुल पुलिसले भारी मात्रामा ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ । पक्रा पर्ने आरोपी ६ माइल तादोङ निवासी भिसन राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी राईलाई शंकास्पद अवस्थामा अदमपुलमा घुमिरहेको देखेपछि पक्राउ गरिएको हो। पक्रा पर्ने आरोपीबाट पुलिसले ८५ वटा विन्डलास स्पास्मोडन क्याप्सुल, १२६ वटा सेम्पेक्स प्लस क्याप्सुल, २६६ वटा विन्डलास स्पास्मोडन, ५३० वटा विन्डलास स्पास्मोडन फोर्ट, नगद १७ हजार ७५० रूपियाँ लगायत मोबाइल फोन फेला पारेको छ। आरोपीविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement