सिलगढी: पश्चिम बङ्गाल सरकारको लोक सेवाअन्तर्गत कार्यरत रहेका सुपरिचित महिला कवि पवित्र लामा हालैमा खण्ड विकास अधिकारीको रूपमा पदोन्नति भएकी छिन्। उनी नयाँ पदभार लिएर खण्ड विकास अधिकारीको पदमा दक्षिण दिनाजपुर जिल्लाको हरिरामपुर ब्लकमा सरुवा भएकी छिन्। गएको तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा पूर्ण रुपले सक्रिय रहेकी छिन्। हालैमा उनका कृतिहरु ‘महुवा’ (उपन्यास) प्रकाशित भएको छ भने तीनवटा साहित्यकृतिहरू (दुईवटा कविता सङ्कलन, एउटा उपन्यास) प्रकाशित भइसकेका छन्। यसै वर्ष ‘म देह रातो रङ्गिन्छु’ कविता सङ्ग्रहको निम्ति उनी ‘डा शोभाकान्ति थेगिम पुरस्कार’द्वारा सम्मानित भएकी छिन्।