आफ्नो पहिलो टेस्ट म्याचमा शतक बनाएर अजान अवैसको कीर्तिमान

IMG-20260510-WA0078

ढाका: बंग्लादेश र पाकिस्तानबीच २ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्ट म्याच शेर-ए्-बांग्ला राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिँदैछ। टेस्ट म्याचको तेस्रो दिन आइतवार पाकिस्तानका युवा ब्याटर अजान अवैसले एउटा ठूलो उपलब्धि हासिल गरे। आफ्नो पदार्पण (डेब्यू) टेस्ट म्याच खेलिरहेका अवैसले १०३ रन बनाए। यसरी उनी आफ्नो पदार्पण टेस्ट म्याचमै शतक बनाउने पाकिस्तानका १४औं ब्याटर बने। अवैसले तेस्रो दिनको शुरुवात दोस्रो दिनको स्कोर ८५ रनदेखि गरे। देब्रे हातका २१ वर्षीय ब्याटरले पाकिस्तनको ईनिंग्सको ५१औं ओभरमा नाहिद राणाको बलमा १ रन लिएर आफ्नो पहिलो टेस्ट शतक पूरा गरे। उनी शतक बनाएको लगत्तै पछि आउट पनि भए। अवैसले १६५ बलको सामना गरी १४ वटा चौकाको सहायताले १०३ रन बनाए। ईनिंग्सको शुरुवात गर्न आउने अवैसले पहिलो विकेटको निम्ति इमाम-उल-हकसँग १०६ अनि दोस्रो विकेटको निम्ति अब्दुल्लाह फजलसँग १०४ रनको महत्त्वपूर्ण पार्टनरशीप पनि गरे। पाकिस्तानको तर्फबाट यसअघि पदार्पण टेस्ट म्याचमा खालिद इबादुल्ला, जावेद मियाँदाद, सलीम मलिक, मोहम्मद वसीम, अली नकवी, अजहर महमूद, यूनिस खान, तौफिक उमर, यासिर हमीद, फवाद आलम, उमर अकमल, आबिद अली र कामरान गुलामले पदार्पण टेस्टमा शतक बनाएका थिए। म्याचको कुरा गर्दा बंग्लादेशले आफ्नो पहिलो ईनिंग्समा कप्तान नजमुल हसन शान्तोको १०१ रनको सहायताले ४१३ रन बनाएको थियो। त्यसपछि पाकिस्तानले तेस्रो दिन तेस्रो सत्रको खेलमा ६ विकेट गुमाएर ३४९ रन बनाएको थियो।

About Author

Advertisement