घैयाबारीमा गोजमुमोको सांगठनिक सभा सम्पन्न

IMG-20260510-WA0075

खरसाङ: तीनधारे महानदी समष्टिको घैयाबारीमा गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा युवा मोर्चा घैयाबारीको सभापति दिप सन्यासीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा विशेष गरेर गोजमुमो केन्द्रीय सदस्य योगराज प्रधान उपस्थित रहेका थिए। यसै सभामा घैयाबारीमा राजु छेत्री र घनश्याम प्रधानसहित १० जना गोजमुमोमा सामेल भएका छन्। यस क्रममा घैयाबारीको बुथ नम्बर २५६ र २५७ अन्तर्गत अप्पर गैरी गाउँ र लोवर गैरी गाउँ नयाँ बस्ती शाखा क्षेत्रबाट जम्मा १९ जना गोजमुमोमा सामेल भएका छन्।

यस सांगठनिक सभालाई राजु छेत्री लगायत अन्यले सम्बोधन गरेका थिए। सभामा वक्ताहरुले गोजमुमो पार्टीको सांगठनिक गतिविधिलाई अब सक्रिय रूपमा अघि लाने तथा हरेक शाखा र प्रशाखामा गोजमुमो पार्टीको संगठन गठन गरिने विषयमा बताए।

About Author

Advertisement