दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अब पञ्जिकृत पार्टी बनेको छ। भारतीय चुनाव आयोगले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई पंजीकृत राजनैतिक दलको दर्जा दिएको छ। पार्टीको पंजीकरण संख्या छ ५६/२५९/२०२१-२२/पीपीएस१
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले प्रेस विज्ञप्ति जारी गरी गर्दै गत २७ सेम्टेम्बरको दिन अन्तिम सुनवाईको निम्ति हामीले सूचना पाएका थियौं, गत ७ अक्टोबरको दिन अन्तिम सुनवाई भएको थियो। आज हामीले पार्टी पञ्जिकृत भएको सूचना पाएका छौं भनी बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निम्ति यो खुशीको समाचार हो भन्दै आगामी दिनहरुमा हुने हरेक चुनाव अब हामी हाम्रो पार्टीको नाम अनि आफ्नै चुनाव चिन्हमा लड्नेछौं भनी बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भारतीय चुनाव आयोगमा पञ्जीकृत भएकोमा यस कामलाई पूर्ण रूपले सफल बनाउन कार्य गर्ने साथीहरूलाई धन्यवाद दिएका छन्। उनले यस अवसरमा पार्टीका सबै पदाधिकारीहरू र कार्यकर्ताहरूलाई बधाई दिएका छन्।