दार्जिलिङ: दार्जिलिङका सांसद राजु बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदीले सिलीगढीका वरिष्ठ भाजपा कार्यकर्ता माखनलाल सरकारलाई जुन प्रकारले सम्मान गरेका छन्, त्यसले भाजपा तथा पार्टी नेतृत्वले सधैं जनकल्याणका निम्ति निरन्तर कार्य गर्ने कार्यकर्ताहरूलाई सम्मान र आदर गर्ने परम्परालाई प्रमाणित गरेको बताएका छन्।राजु बिष्टले भने, भाजपा कार्यकर्ताहरू नै पार्टीका मेरुदण्ड तथा वास्तविक शक्ति हुन्।

माखनलाल सरकारलाई सम्मान गरेर प्रधानमन्त्रीले वास्तवमा प्रत्येक कार्यकर्ता तथा उनीहरूको त्याग र समर्पणलाई सम्मान गरेका छन्। उनले थप भने, संगठनको सिद्धान्त तथा जनसेवामा समर्पित कार्यकर्ताप्रति गरिएको यो सम्मान सम्पूर्ण पार्टीका लागि गर्वको विषय हो। यसबाट कार्यकर्ताहरूमा अझ बढी उत्साह र प्रेरणाको संचार हुनेछ।










