सिविटार चियाबारीमा भईरहेको फुटबल टुर्नामेन्टमा दश नम्बर बिजयी

IMG-20221015-WA0304.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत शनिवार भएको खेलमा सिविटारको दश नम्बर बिजय भएर दोस्रो राउण्डमा प्रवेस गरेको छ। गत १ अक्टोबरदेखि शुरु भएको फुटबल टुर्नामेन्ट अन्तर्गत शनिवार भएको एउटा मात्र खेल सिविटार चियाबारीको दश नम्बर र तीनधारेको गैरी गाउँमाझ सम्पन्न भएको थियो। उक्त खेलको शुरुमा नै दश नम्बरले एक गोल गरेर गोलको बढ़त बनाएका थिए अनि खेलको दोस्रो हाफको समयमा तीनधारेको गैरी गाउँले पनि गोल गरेर खेल बराबरीमा ल्याएको थियो। निर्धारित समयावधि दुवै दलमाझ एक एक गोलको बराबरी भएपछि पाँच मिनटको अतिरिक्त समयमा खेल खेलाइएको थियो भने उक्त समयमा पनि खेल बराबरी भएपछि पेनल्टी सुट आउटमा दश नम्बर सिविटारले तीनधारे गैरी गाउँलाई ४-३ को अन्तरले पराजित गरी खेल जितेर दोस्रो चरणमा प्रवेस गरेको छ। आजको खेलमा मुख्य निर्णायकको रूपमा मिलन प्रधान अनि सहयोगीमा बिर्जु प्रधान र विकास राई रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement