अब भारतमा पनि शुरु हुनेछ मातृभाषामा मेडिकलको पढ़ाई

Doctor-Rep-image

भोपाल: चीन, रूस, जापान, यूक्रेनजस्ता देशहरू जसरी अब भारतमा पनि मेडिकलको पढ़ाई मातृभाषामा हुनेछ। देशमा यसको शुरूवात मध्यप्रदेशबाट भइरहेको छ। प्रदेशका ९७ डाक्टरको टीमले चार महिनामा रात-दिन काम गरेर अंग्रेजीका पुस्तकहरूको हिन्दीमा अनुवाद गरेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आइतबार भोपालको लाल परेड ग्राउण्डमा आयोजित भव्य समारोहमा उक्त पुस्तकहरू लोकार्पण गर्नेछन्। मुख्यमन्त्री शिवराज सिंह चौहानले भने, ‘नानीहरूले जन्म लिएपछि मातृभाषा सिक्न थाल्छन्। उनीहरूको प्रतिभाको यो प्रकटीकरण आफ्नो मातृभाषामै हुन सक्छ। यसकारण प्रधानमन्त्री नरेन्द्र मोदीले मातृभाषामा प्राथमिक एवं उच्च शिक्षा दिने संकल्प प्रकट गरेका छन्। हामीले मेडिकलको पढ़ाई पनि हिन्दीमा शुरू गर्न पाठ्यपुस्तकहरू तयार गरिसकेका छौं, जुन प्रसन्नताको विषय हो। अब अंग्रेजीको बाध्यता र अनिवार्यता रहेन। यो मध्यप्रदेशको निम्ति गौरवको विषय हो कि हिन्दीमा मेडिकल र इन्जीनियरिङको पढ़ाई गराउने पहिलो राज्य बन्नेछl’ यस अवसरमा हिन्दीका पुस्तकहरूको लोकार्पण गर्न र पढ़ाई प्रारम्भ गर्न गृहमन्त्री अमित शाह १६ अक्टोबरमा आइरहेका छन्।

चिकित्सा शिक्षा मन्त्री विश्वास सारंगले भने, ‘मप्रको मेडिकल कलेजका प्रोफेसर र हिन्दीका जानकारहरूले एमबीबीएस प्रथम वर्षको पुस्तकहरू ट्रान्सलेटेड भर्जन तयार गरेका छन्। यस प्रोजेक्टलाई मन्दार नाम दिएको छ। जसरी समुद्र मन्थनमा मन्दार पर्वतको साहारामा अमृत निकालिएको थियो, त्यसरी नै अंग्रेजीका पुस्तकहरू हिन्दीमा अनुवाद गरियो। मन्दारमा सामेल डाक्टर र विशेषज्ञहरूले विचार मन्थन गरेर किताबहरू तयार गरेl’ मन्त्री सारङले भने, ‘मलाई खुशी छ भारत पनि ती देशहरूमा सामेल भएका छन, जसले आफ्नो मातृभाषामा मेडिकलको पढ़ाई गराउॅंछ। यसको शुरूवात मध्यप्रदेशबाट शुरू भइरहेको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement