नरबुङ चियाबारीमा नि:शुल्क स्वस्थ्य जाँच शिविर हुने

IMG-20221015-WA0303.jpg

खरसाङ: खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत नरबुङ चियाबारीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ। वाईल्ड लाईफ अफ नर्थ बङ्गाल फोटोग्राफी सोसाईटीको आयोजनमा आगामी आइतबार १६ अक्टोबरको दिन नरबुङ चिया बगानस्थित सार्वजनिक भवनमा नि:शुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ। वाईल्ड लाईफ अफ नर्थ बङ्गाल फोटोग्राफी संस्थाले यसभन्दा अघि पनि सोही ठाउँमा ४ सेप्टेम्बरको दिन पनि नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको थियो भने उक्त स्वास्थ्य जाँच शिविरमा सयौं बिरामीहरुले स्वास्थ्य जाँचको लाभ उठाएका थिए। यसरी नै आगामी आइतबार १६ अक्टोबरको दिन पनि संस्थाले नि:शुल्क स्वास्थ्य जाँच शिविर नरबुङ चियाबारीको सार्वजनिक भवनमा राखिएको हुनाले स्थानीय सबै मानिसहरुले नि:शुल्क स्वास्थ्य जाँच गर्दै औषधिहरू लिन सक्नेछन् भन्ने जानकारी प्राप्त भएको छ। त्यस दिन हुने स्वास्थ्य जाँच शिविरमा फिजिसियन डा सुदीप नाथ,
स्त्री रोग विशेषज्ञ जयदीप मण्डल, दाँतको डा कौस्तुभ भौमिक अनि अर्थोपेडिक डा मृत्युन्जय रोई उपस्थित रहने भएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजक समितिका उप सभापति सुरेन्द्र प्रधानले सबैलाई स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement