अग्नि मिसाइलको सफल परीक्षण

agni-missile

एकैसाथ धेरै लक्ष्यमा प्रहार गर्न सक्ने एमआईआरभी प्रविधिको सफल प्रयोग

नयाँ दिल्ली: भारतले अत्याधुनिक मल्टीपल इंडिपेंडेंटली टारगेटेड री-एंट्री व्हीकल(एमआईआरभी) प्रविधिले सुसज्जित ‘एडभान्स अग्नि मिसाइल’ को सफल परीक्षण गरी आफ्नो सैन्य क्षमतामा ठूलो फड्को मारेको छ। ओडिसास्थित डा. एपीजे अब्दुल कलाम द्वीपबाट मे ८ मा गरिएको यस परीक्षणले हिन्द महासागर क्षेत्रमा रहेका विभिन्न स्थानका धेरै लक्ष्यहरूलाई एकैसाथ र सटीक रूपमा निशाना बनाएको छ।
​’एमआईआरभी प्रविधिको विशेषता भनेको एउटै मिसाइलले फरक-फरक दिशामा रहेका धेरै शत्रु ठेगानाहरूमा एकै पटक हमला गर्न सक्नु हो। रक्षा मन्त्री राजनाथ सिंहले रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) र भारतीय सेनालाई बधाई दिँदै यो परीक्षणले भारतको रक्षा तयारीलाई अभूतपूर्व मजबुती प्रदान गरेको बताउनुभयो। यसअघि मे ७ मा भारतले ‘तारा’ (TARA) नामक स्वदेशी ग्लाइड वेपन सिस्टमको पनि सफल परीक्षण गरेको थियो, जसले सामान्य बमहरूलाई पनि सटीक निशाना लगाउने आधुनिक हतियारमा बदल्ने क्षमता राख्दछ।

About Author

Advertisement