गोजमुमो अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरीद्वारा बंगालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भेट

IMG-20260509-WA0092

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीले आज कोलकत्तामा पश्चिम बंगालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग औपचारिक भेटघाट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। यस भेटका क्रममा पहाड, तराई र डुवर्स क्षेत्रको समग्र विकास, शान्ति, स्थायित्व तथा जनताको हितसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा सकरात्मक छलफल भएको बताइएको छ। यसको साथै गोर्खा जातिको हक, अधिकार र पहिचानको संरक्षण गर्दै क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति सहकार्यको वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। यस ऐतिहासिक भेटले भविष्यमा पहाड र राज्य सरकारबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै विकास र जनआकांक्षाको मार्गलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

About Author

Advertisement