कवि गुरु रवीन्द्रनाथ टैगोरको जन्म जयन्तीमा श्रद्धाञ्जली स्वरूप खरसाङमा “कवि प्रणाम” कार्यक्रम सम्पन्न

IMG-20260509-WA0090

खरसाङ: कवि गुरु रवीन्द्रनाथ टैगोरलाई उनको जन्म जयन्तीमा खरसाङमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागले नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्म जयन्ती मनाउन सूचना अनि सांस्कृति विभागको आयोजनामा आज एक गहन र जीवन्त “कवि प्रणाम” कार्यक्रम आयोजना गर्‍यो। पश्चिम बंगाल सरकार अन्तर्गत सूचना अनि सांस्कृतिक विभागद्वारा आयोजित यस कार्यक्रम खरसाङको राज राजेश्वरी बालिका उच्च विद्यालयका शिक्षक र विद्यार्थीहरूले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीहरूले रवीन्द्र संगीतको भावपूर्ण धुन र सुन्दर नृत्य प्रस्तुति दिएका थिए जसले टैगोरको कलात्मक विरासतको कालातीत सारलाई प्रतिकात्मक रुपमा देखाइएको छ‌। सूचना अनि सांस्कृतिक विभागको कर्मचारी निमा तेञ्जीले सञ्चालन गरेको कार्यक्रममा दिपक कर्माकरले स्वागत सम्भाषण राखेका थिए।

खरसाङको राज राजेश्वरी बालिका उच्च विद्यालयकी प्रधानाध्यापिका पूरावी सामन्तले शिक्षा र संस्कृतिमा रविन्द्रनाथ टैगोरको साहित्यिक योगदानको विश्वव्यापी प्रासंगिकतालाई उजागर गर्दै टैगोरको कविता भावपूर्ण रुपमा वाचन गरेकी थिइन्। एभीटी दीपक कुमार कर्माकर र सूचना अनि सांस्कृतिक विभागको कार्यालयका अन्य कर्मचारीहरूले औपचारिक धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरिएको थियो। दिपक कर्माकरले सांस्कृतिक सम्पदाको संरक्षणमा समर्पण गरेकोमा विद्यार्थी र शिक्षकहरूप्रति कृतज्ञता व्यक्त गर्दै “कवि गुरु” लाई सम्मान गर्ने परम्परा रहेकोमा खुशी व्यक्त गरेका थिए।

About Author

Advertisement