खरसाङ: युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजना नगद राशी खुला लात्ते भकुण्डो प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल अप्पर जङ्गपाना बनाम घैयाबारी बोइजमाझ सम्पन्न भएको छ।
खेल खूबै रोमाञ्चक हुँदा हुँदै पहिलो हापमै घैयाबारी बोईजका सुभम राईले १ गोल गरेर आफ्नो दललाई बढत दिलाएका थिए भने यस गोललाई बराबरी गरी जित हाँसिल गर्न खोज्दा खोज्दै अन्त्यमा जङ्गपानाले १ गोलको विरूध्दमा ० गोलले हारको सामना गर्नु पार्यो। यस खेलमा जीत हाँसिल गरी घैयाबारी बोईज क्वाटर फाईनलमा प्रवेश गरेको छ। यसरी नै दोस्रो खेल
महानदी हाई स्कूल अनि दोस्रो चरणमा सिधैं प्रवेश पाएका दल गोर्खा बोईजमाझ भएको थियोे। यस खेलमा १ को विरूध्दमा ४ गोलले गोर्खा बोइजले जित हाँसिल गर्दै क्वाटर फाईनलमा आफ्नो स्थान बनाएका छन्। यस आयोजन भई रहेको प्रतियोगितामा बिजेता दललाई एक लाख अनि उप विजेता दललाई पचास हजारसहित ट्रफी प्रदान गरिने घुम्ती स्पोर्टिङ क्लबको सचिव प्रवीण दर्नालले जानकारी गराएका छन्।