रोम: विश्वका पूर्व नम्बर एक खेलाड़ी सर्बियाका नोवाक जोकोविच विश्वका ७९औं नम्बरका खेलाड़ी डिनो प्रिजमिकविरुद्ध तीन सेटमा पराजित भएर इटालियन ओपन टेनिस टुर्नामेण्टको पहिलो राउण्डमै बाहिर भए। पहिलो सेट गुमाएपछि प्रिजमिकले असाधारण पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट जितेर दोस्रो राउण्डमा स्थान बनाए। क्रोएशियाई खेलाड़ीले टुर्नामेण्टमा ६ पल्टका च्याम्पियन जोकोविचलाई २-६, ६-२, ६-४-ले पराजित गरे। यसरी इटलीको राजधानीमा हुने टुर्नामेण्टमा जोकोविच पहिलोपल्ट शुरुवाती राउण्डमै बाहिर भए। शीर्ष १०-मा सामेल खेलाड़ीहरूविरुद्ध यो प्रिजमिकको दोस्रो जीत हो। उनले गत महिना म्याड्रिड ओपनको तेस्रो राउण्डमा बेन शेल्टनलाई पराजित गरेका थिए। २० वर्षीय प्रिजमिकको लक्ष्य पहिलोपल्ट यस स्तरमा चौथो राउण्डमा पुग्ने रहेको छ। उनले अघिल्लो म्याच ह्यूगो हम्बर्टविरुद्ध रहेको छ। पहिलो सेट केवल ४० मिनटमा जितेपछि जोकोविचले फर्म गुमाए। त्यसपछि युवा क्रोएशियाई खेलाड़ीले लगातार दबाउ बनाए अनि रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन खेलाड़ी गल्तीहरू गर्न वाध्य भए। जोकोविचले तेस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरे पनि प्रिजमिकले डटेर लड़ाइँ गर्दै आफ्नो करियरको सबैभन्दा ठूलो जीत दर्ता गरे। यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनमा वर्तमान विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरलाई पराजित गर्ने जोकोविच अब यस महिनाको अन्तमा हुने फ्रेञ्च ओपनको निम्ति तयारीहरू गर्न चाहन्छन्। उनी आफ्नो २५औं ग्राण्ड स्ल्याम खिताबको खोजमा रहेका छन्।









