पश्चिम बङ्गाल माध्यमिक परीक्षामा दशौँ स्थान हासिल गर्दै जलपाईगुडीको नाम उज्यालो बनाए अर्चिस्मान मजुमदारले

Screenshot_20260508_231426_Facebook

‎‎जलपाईगुडी: पश्चिम बङ्गाल माध्यमिक परीक्षा २०२६ मा दशौँ स्थान हासिल गर्दै जलपाईगुडीका विद्यार्थी अर्चिस्मान मजुमदारले जिल्लाको नाम उज्यालो बनाएका छन्। परीक्षामा उनले ७०० मध्ये ६८८ अङ्क प्राप्त गरेका छन्।जलपाईगुडी शहरको शिरीषतला क्षेत्रका निवासी अर्चिस्मान बाल्यकालदेखि नै मेधावी विद्यार्थीका रूपमा परिचित छन्। उनी छैटौँ कक्षादेखि जलपाईगुडी जिल्ला विद्यालयमा अध्ययनरत छन्। उनको यस सफलताले परिवार, विद्यालय तथा स्थानीयवासीहरूमा खुशीको वातावरण सिर्जना गरेको छ।अर्चिस्मानका पिता अमित मजुमदार आनन्दचन्द्र महाविद्यालयमा कर्मचारी छन्। अर्चिस्मानको अध्ययन यात्रामा परिवारको महत्वपूर्ण भूमिका रहेको थियो। विशेषगरी विज्ञान विषय उनका बुवाले स्वयं पढाउने गरेका थिए। यसका साथै बङ्गला, अङ्ग्रेजी, इतिहास तथा भूगोल विषयका निम्ति उनले तीन जना निजी शिक्षकहरूबाट मार्गदर्शन लिएका थिए।अर्चिस्मानले नियमित अध्ययन र परिवारको सहयोग नै आफ्नो सफलताको मुख्य आधार रहेको बताएका छन्।

About Author

Advertisement