सिलगढी। आज अण्डर १३ नकआउट फुटबल टुर्नामेन्टको आयोजना गरिएको थियो। मेडिकल मर्निङ फुटबल कोचिङ सेन्टरको पहलमा उक्त टुर्नामेन्टको आयोजना गरिएको थियो। उत्तरबंग मेडिकल कलेज एवम् अस्पातलका डीन सन्दीप सेनगुप्ताले आज राष्ट्रिय झण्डा उत्तोलन गरेर टुर्नामेन्टको उद्धाटन गरे। उक्त टुर्नामेन्टमा विजयी बनेका फुटबल टोलीलाई नगद ५ हजार रुपियाँ र आकर्षक ट्र्फी अनि उप विजेता टोलीलाई नगद ३ हजार रुपियाँ र आकर्षक ट्रफी प्रदान गरिनेछ। यस अवसरमा उत्तरबंग मेडिकल कलेज आउटपोस्टका ओसी विश्वजीत घोष लगायत अन्य उपस्थित थिए। उत्तरबंग मेडिकल कलेज आउटपोस्टका ओसी विश्वजीत घोषले टुर्नामेन्टमा भाग लिएका फुटबल टोली तथा कोचिङ सेन्टरलाई फुटबल प्रदान गरे।