सलोनी राई स्मृति नक्आउट फूटबलः मेनहुड (कान्दुंग) क्वार्टर फाइनलमा

IMG_20221015_190903.jpg

१५ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार मेनहुड (कान्दुंग)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको दोस्रो राउण्डको म्याचमा मेनहुडले शारदा हाई स्कूल (मंगपू)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अश्विन मंगरले एकमात्र गोल गरे। भोलि खेलिने म्याचमा नागरी एफसी र कालीझोड़ा युवा परिवारबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement