राजाभातखावामा बनबस्ती बासिन्दाहरुलाई लिएर सचेतना

d237dc2c-6f95-44fb-b4cb-0465956979b3

कालचिनी – वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्युरो (डब्ल्यूसीसीबी) को आयोजना अनि सोसाइटी फर प्रोटेक्टिङ अफियोफाउना एन्ड एनिमल राइट्स (स्पोर) नामक संस्थाको सहयोगितामा राजाभातखावा ग्राम पञ्चायत कार्यालयको प्रेक्षागृहमा स्थानीय बनबस्ती बासिन्दाहरू एवम् स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर एउटा जन सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी डब्लूसीसीबीका इस्टर्न रिजनका डेपुटी डाइरेक्टर तथा आईएफएस अग्नि मित्रले दिएका छन्। उक्त सचेतना कार्यक्रममा बनबस्ती बासिन्दाहरूसित अन्तरक्रिया राखिएको र जीवनयापनको निम्ति पर्यटनलाई फल्न फूल्न दिन जङ्गलको जैव विविधताको संरक्षण साथै वन्यजीव र मान्छेबीचको सङ्घर्ष रोक्न लिनुपर्ने पहलबारे विस्तृत चर्चा गरिएको थियो।

डब्ल्युसीसीबीका डेपुटी डाइरेक्टर अग्नि मित्रले मूलतः बक्सा ब्याघ्र प्रकल्पका बनबस्तीले पर्यटनलाई फल्न फूल्न दिए स्वत: वन्यजीव र मान्छेबीचको सङ्घर्ष रोकिने र जङ्गल संरक्षण हुने भएकोले बनबस्ती बासिन्दाहरूलाई जैव विविधतालाई बचाएर पर्यटन विकास गर्नेबारेमा बताइएको र बनबस्ती बासिन्दाहरूले जुन आशा बन विभागसित राखेका छन् त्यसलाई राज्य सरकारसित कुरा राखिने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement