वीरपाडा- मदारीहाट खण्ड अन्तर्गत गरगन्डा नदी घाटको अलिपुरद्वार जिल्ला सुपर वाई रघुवंशीले निरीक्षण गरेका छन्। आगामी ३० अनि ३१ अक्टोबर आयोजन हुने छठ मैयाको पुजाको निम्ति पूजा स्थलको अवस्थालाई निरीक्षण गर्न आज अलिपुरद्वार जिल्ला सुपर वाई रघुवंशी लगायत जयगाँउ अतिरिक्त पुलिस सुपर कुन्तल व्यानर्जी अनि बीरपाडा पुलिस चौकी प्रभारी पल्जर भुटिया उपस्थित थिए। विगतमा मालबजार दुर्गा पूजा विसर्जन अवधिको घटनाले पुलिस प्रशासन जागरूक तथा होसियार बनेका छन्। बाढीले क्षतिग्रस्त बनाएको उक्त घाटको दुबै किनारको सुरक्षा गरिदिनेबारे बीरपाडा सूर्य छठ पूजा कमिटीले अलिपुरद्वार जिल्ला अन्तर्गत विभिन्न अधिकारीहरूलाई ज्ञापन पत्र चढाइ सकेको बारे कमिटीका सहसचिव सञ्जयकुमार चौधरीले बताएका छन्। तिनले भने, यस स्थलमा छठ पूजा लगायत सारना पूजा, करम् पूजा आदि पनि आयोजन हुने गरेकोले यो बीरपाडा निवासीहरूको निम्ति पुर्ख्यौली सम्पत्ति बनेका छन्। यस ठाउँको विकास चाँडै हुनुपर्ने विषय लिएर उच्च अधिकारीहरूलाई माग राखिसकेको बताए।
आज छठ घाटको निरीक्षण गर्ने क्रममा वाई रघुवंशीले भने की यसपाली पनि विगत जस्तै छठ पूजा भव्यतासित हुनेछ साथै विभिन्न घाटको निरीक्षण गर्ने तथा सुरक्षाको बलियो व्यवस्था गर्ने बताए। तिनले अझ बताएकी जुन घाटमा अधिक भीड हुन्छ त्यही स्वयम पनि निगरानी दिन उपस्थित हुने तथा कमिटीको पनि सहयोग हुनुपर्ने बताए। उक्त स्थलमा आजदेखि नै घाटको निर्माण अनि पानीको व्यवस्था साथै अन्य कार्यहरू थालिएको छ।