सनराइजर्स विरुद्ध शतकको साथ इतिहास रचे पञ्जाब किंग्सका कोनोलीले

IMG-20260507-WA0046

हैदराबाद: सनराइजर्स हैदराबादविरुद्ध बुधवार खेलिएको आईपीएल २०२६-को म्याचमा हारको सामना गर्नु परे पनि पञ्जाब किंग्सका २२ वर्षीय अष्ट्रेलियाई ब्याटर कूपर कोनोलीले शतकीय ईनिंग्सको साथ इतिहास रचे। हैदराबादको राजीव गान्धी इण्टरनेशनल स्टेडियममा खेलिएको म्याचमा कोनोलीले केवल ५९ बलमा अविजित १०७ रन बनाए। यस विस्फोटक शतकको साथ उनी आईपीएल इतिहासमा सबैभन्दा कम्ती उमेरमा शतक लगाउने विदेशी क्रिकेटर बने। कोनोलीले २२ साल र २५७ दिनको उमेरमा आईपीएल शतक बनाएर क्विण्टन डी कक, डेविड वार्नर र डेविड मिलर जस्ता दिग्गजहरूलाई पछि छोड़े। यसअघि आईपीएलमा सबैभन्दा कम्ती उमेरमा शतक लगाउने विदेशी क्रिकेटरको रेकर्ड दक्षिण अफ्रिकाका डी ककको नाममा रहेको थियो, जसले दिल्ली डेयरडेविल्सबाट खेल्दै २०१६-मा २३ साल र १२२ दिनको उमेरमा यस उपलब्धिलाई हासिल गरेका थिए। कोनोलीको ईनिंग्स केवल रेकर्ड नभएर दबाउमा खेलिएको एउटा यादगार टी२० ईनिंग्स थियो। उनले ७ वटा चौका र ८ वटा छक्का लगाए। डेविड वार्नरले दिल्ली डेयरडेविल्सबाट खेल्दै २०१०-मा २३ साल र १५३ दिनको उमेरमा शतक बनाएका थिए। यसरी डेविड मिलरले २३ साल र ३३० दिनको उमेरमा अनि क्यामरन ग्रीनले २३ साल र ३५२ दिनको उमेरमा शतक बनाएका थिए। कोनोलीले २२ सालको उमेरमा पञ्जाब किंग्सका कुनै ब्याटरद्वारा आईपीएल ईनिंग्समा सर्वाधिक छक्काको रेकर्ड पनि बनाए। उनले यस मामिलामा आफ्नै रेकर्ड तोड़े। उनले यस सीजनमा लखनऊ सुपर जाइण्ट्सविरुद्ध म्याचमा ७ वटा छक्का लगाएका थिए। कोनोलीको अविजित १०७ रन पञ्जाब किंग्सको तर्फबाट सनराइजर्सविरुद्ध दोस्रो सर्वाधिक स्कोर हो। उनले शिखर धवन र हाशिम अमला जस्ता दिग्गजहरूलाई पछि छोड़े।

About Author

Advertisement