मंगपू गोल्ड कपः नर्थ बेंगल आर्म्ड पुलिस क्वार्टर फाइनलमा

IMG_20221015_174336.jpg

१५ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-ले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा शनिवार खेलिएको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-लाई २-१-ले पराजित गऱ्यो। म्याचको तीनैवटा गोल पहिलो हाफमा भयो। हेमराज भुजेलले डीएसए-लाई १३औं मिनटमा बढ़त दिलाए। त्यसपछि खोकन रोयले 38औं मिनटमा गोल गरी आर्म्ड पुलिसलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा रतन माण्डीले अझ एक गोल गरी आर्म्ड पुलिसलाई २-१-को निर्णायक बढ़त दिलाए। आजको विजेता नर्थ बेंगल आर्म्ड पुलिसले अब २० अक्टोबरमा खेलिने क्वार्टर फाइनलमा चर्च बोइज (काठमाडौं, नेपाल)-को चुनौती स्वीकार्नेछ। यसरी नै आइवार खेलिने म्याचमा आमुक्त परिवार सिलगढ़ी र हिमालयन स्पोर्टिंग क्लब (सिक्किम)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement