पश्चिम बंगालमा सत्ता परिवर्तनको धक्का: सेवा निवृत्त कर्मचारीहरूलाई सरकारी कार्यालयमा प्रवेश निषेध

1696920724_nabanna-3

काेलकाता: ​पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को नयाँ सरकार गठन हुनु अगावै प्रशासनिक क्षेत्रमा ठूलो हलचल सुरु भएको छ। निवर्तमान मुख्यमन्त्री ममता बनर्जीको कार्यकालमा नियुक्त गरिएका सम्पूर्ण सेवा निवृत्त अधिकारीहरूलाई सरकारी कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ। राज्यका मुख्य सचिव दुष्यन्त नारियालाले सबै विभागका सचिवहरूलाई मौखिक निर्देशन दिँदै नयाँ सरकार नबनेसम्म यस्ता अधिकारीहरूलाई कार्यालय नबोलाउन आदेश दिनुभएको छ।
​लामो समयदेखि विभिन्न सरकारी विभागमा सल्लाहकार वा अन्य भूमिकामा कार्यरत रहेका धेरैजसो सेवा निवृत्त अधिकारीहरूले यसअघि नै राजीनामा दिइसकेका छन् भने कतिपयले सरकारी आवाससमेत खाली गरिसकेका छन्। मुख्य सचिवले महत्त्वपूर्ण सरकारी फाइलहरू सुरक्षित राख्न र विभागभन्दा बाहिर जान नदिन विशेष सतर्कता अपनाउन पनि निर्देशन दिनुभएको छ। हालै सम्पन्न विधान सभा निर्वाचनमा भाजपाले २९४ सिटमध्ये २०७ सिटमा सानदार जित हासिल गरेपछि १५ वर्षदेखि सत्तामा रहेको तृणमूल कांग्रेस बाहिरिएको छ, जसका कारण अहिले बंगालको प्रशासनिक स्वरूपमा व्यापक फेरबदल भइरहेको छ।

About Author

Advertisement