जजेज कन्फ्रेन्स २०२२ को आयोजना

photocollage_2022529191440925.jpg

सिलगढी। आज सिलगढीको कञ्चनजङ्गा स्टेडियममा जजेज कन्फ्रेन्स २०२२ को आयोजना गरियो। उक्त कन्फ्रेन्सको उत्तर बंगाल आदर्श योग अकादमीको तर्फबाट आयोजना गरिएको थियो। छिमेकी राष्ट्र नेपाल र छिमेकी राज्य बिहारसहित उत्तर बंगाल र दक्षिण बंगालको आठवटा जिल्लाका मोठ ६८ जना योग विशेषज्ञहरूले उक्त कन्फ्रेन्स भाग लिएका थिए।
उत्तर बंगाल आदर्श योग अकादमीका प्रमुख शिव हाजराले भने, उक्त कन्फ्रेन्समा विभिन्न जिल्लाहरूबाट योग प्रतिनिधिले अंशग्रहण गरे। उत्तर बंगालको सबै भागहरूमा योगको प्रसार गर्नको साथै उत्तर बंगालका योग खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अझ सफल बनाउनु आफूहरूको उद्देश्य रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement