महिला एशिया कपमा भारत च्याम्पियन

IMG-20221015-WA0240.jpg

१५ अक्टोबरः भारतले श्रीलंकालाई ८ विकेटले पराजित गरी महिला एशिया कप क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। शनिवार सिलेट इण्टरनेशनल क्रिकेट स्टेडियम (बंग्लादेश)-मा खेलिएको फाइनलमा रेणुका सिंहकी अगुवाईमा बलरहरूकी असाधारण प्रदर्शनपछि स्मृति मन्धनाकी अविजित अर्द्धशतकीय ईनिंग्सको दममा भारतले सजिलै जीत हासिल गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो। केवल २५ रनमा ७ विकेटको पतनपछि श्रीलंकाई टीमले चल्मलाउने मौका पाएन। टीमका नौजना ब्याटरले त ६ भन्दा अधिक रन पनि बनाउन सकिनन्।

इनोका राणावीराले सर्वाधिक अविजित १८ र ओशादी राणासिंघेले १३ रन बनाइन्। भारतीय बलरहरूमा रेणुका सिंहले सर्वाधिक ३ विकेट हासिल गरिन्। यसबाहेक राजेश्वरी गायकवाड़ र स्नेह राणाले २-२ विकेट बाँड़िन्। जवाफमा भारतले ८.३ ओभरमै २ विकेटमा ७१ रन बनाएर जीत हासिल गऱ्यो। स्मृति मन्धनाले २५ बलमा ६ वटा चौका र ३ वटा छक्काको साथ अविजित ५१ रन बनाइन्। यसबाहेक कप्तान हरमनप्रीत कौरले अविजित ११ रन बनाइन्। शेफाली वर्मा ५ र जेमिमा रोड्रिग्स २ रन बनाएर आउट भइन्। रेणुका सिंहलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै टुर्नामेण्टमा १३ विकेट लिनको साथै ९४ रन बनाउने अलराउण्डर दीप्ति शर्मालाई प्लेयर अव् द सीरीज चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement