नगरपालिका चूनावलाई लिएर हाम्रो पार्टीको तयारी शुरू!

IMG-20221015-WA0305.jpg

इलेक्शन चीफ कोअर्डिनेटरको कार्यभार रूवेन दास प्रधानको थाप्लोमा

दार्जीलिङ: अब हुने पहाडको तीनवटा नगरपालिका चूनावको निम्ति हाम्रो पार्टीले रूवेन दास प्रधानले चीफ कोअर्डिनेटको भार सोम्पिएको छ। दार्जीलिङ नगरपालिकाको चूनावमा हाम्रो पार्टीले रूवेन दास प्रधानलाई इलेक्शन चीफ कोअर्डिनेटरको भार सोम्पिएको थियो।जसको फलस्वरूप दार्जीलिङ नगरपालिकाको चूनावमा हाम्रो पार्टीले १८ वटा आसन हरूमा जीत हासिल गरेर बोर्ड गठन गर्न समक्ष भएका थिए।दार्जीलिङ पहाडको चारवटा नगरपालिकाहरू मध्ये दार्जीलिङ नगरपालिकाको चूनाव अधिबाटै भएर पनि हाम्रो पार्टीले बोर्ड गठन गर्न सफल भई सकेका छन तर पहाडको अन्य तीनवटा नगरपालिका कालेबुङ, खरसाङ अनि मिरिक नगरपालिका बोर्डको समय सीमा समाप्त हुन जान्दैछ अनि यी तीनवटा नगरपालिका बोर्डहरूमा चूनाव पनि चाडै हुने भएको छ। यी सवै विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले रूवेन दास प्रधानलाई पहाडको तीनवटा नगरपालिका चूनावको निम्ति आज हाम्रो पार्टीको इक्लेशन चीफ कोअर्डिनेटरको कार्यभार सोम्पिएको छ। हाम्रो पार्टीले इलेक्शन चीफ कोअर्डिनेटर रूवेन दास प्रधानलाई अग्रिम बधाई र शुभकामना पनि चढाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement