एलएसजी-विरुद्ध मुम्बई इण्डियन्स ६ विकेटले विजयी

IMG-20260504-WA0096

मुम्बई: आईपीएल २०२६-को ४७औं म्याचमा मुम्बई इण्डियन्सले लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-लाई ६ विकेटले पराजित गऱ्यो। वानखेड़े स्टेडियममा सोमवार खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै एलएसजी-ले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनायो। जवाफमा मुम्बई इण्डियन्सले १८.४ ओभरमा ४ विकेट गुमाएर २२९ रनको लक्ष्यलाई हासिल गऱ्यो। यस जीतको साथ मुम्बई इण्डियन्स १० वटा म्याचमा ६ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको नवौं स्थानमा पुग्यो। यसरी एलएसजी ९ वटा म्याचमा ४ पोइण्ट्सको साथ अन्तिम स्थान (१०औं) रहेको छ। म्याचमा पहिला ब्याटिंग गर्दै एलएसजी-लाई निकोलस पूरनले तेज शुरुवात दिलाए पनि टीमले अन्तिम १० ओभरमा तेजीको साथ रन बनाउन सकेन। पूरनले सर्वाधिक ६३ रन बनाए। उनले २१ बल खेलेर ८ वटा छक्का र एउटा चौका लगाए। यसबाहेक ओपनर मिचेल मार्शले ४ वटा चौका र ३ वटा छक्काको सहायताले २५ बलमा ४४ रन बनाए। एडन मार्करमले अविजित ३१ रनको योगदान दिए। यसरी हिम्मत सिंहले ३१ बलमा २ वटा चौका र २ वटा छक्काको सहायताले ३१ बलमा अविजित ४० रन बनाए। मुम्बईका बलरहरूमा कोर्बिन बशले सर्वाधिक २ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सलाई रोहित शर्मा र रेयान रिकेल्टनको ओपनिंग जोड़ीले असाधारण शुुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ६५ बलमा १४३ रनको पार्टनरशीप गरी टीमलाई जीतको गोरेटोमा अग्रसर गराए। रोहितले ७ वटा छक्का र ६ वटा चौकाको सहायताले ४४ बलमा ८४ रन बनाए। यसरी रिकेल्टनले ८ वटा छक्का र ६ वटा चौकाको सहायताले ३२ बलमा ८३ रन बनाए। नमन धीरले १२ बलमा अविजित २३ रन बनाए। यससरी विल ज्याक्स १० रनमा अविजित रहे। अस्वस्थ्य हार्दिक पाण्ड्याको अनुपस्थितिमा टीमको कप्तानी गरिरहेका सूर्यकुमार यादवले १२ र तिलक वर्माले ११ रन बनाए। एलएसजी-का बलरहरूमा एम. सिद्धार्थले २ विकेट लिए।

About Author

Advertisement